असुरक्षित गर्भपतनको समस्या विकराल बन्दै

असार ६, २०७९

पछिल्लो समय असुरक्षित  गर्भपतनका समस्या लिएर नेपाल परिवार नियोजन संघमा जानेको संख्या बढेको छ । बजारमा पाइने विभिन्न खालको औषधि प्रयोग गर्दा अपूर्ण गर्भपतनको समस्या लिएर जानेको संख्या बढेको परिवार नियोजन संघकी सिनियर स्टाफ नर्स लक्ष्मी पालले बताउनुभयो ।

 गर्भपतनका लागि बजारमा पाइने औषधि परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्दा पनि विभिन्न खाले समस्या लिएर आउने गरेको उहाँको भनाई थियो । सरकारले गर्भपतनका लागि विभिन्न ७ प्रकारका औषधि तोके पनि बजारमा १५ भन्दा बढी प्रकारका औषधि पाइने गरेको संघले जनाएको छ । औषधि व्यवस्था विभागले औषधिहरुको अनुगमन नगर्दा बजारमा खुलेआम ती औषधिहरुको विक्रि वितरण भइरहेका छन् । 


प्रतिक्रिया