सवारी साधनको भाडा बढ्यो

असार ६, २०७९

पेट्रोलियम पद्धार्थको मुल्य वृद्धि भएसंगै सार्वजनिक सवारी साधनको भाडा उच्च दरले बढेको छ । यातायात व्यवस्था विभागले एक प्रदेशबाट अन्य प्रदेशमा चल्ने यात्रुवाहक सवारी साधनको भाडा ७ दशमलव ७ प्रतिशतसम्म बढाएको छ । प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनमा ५ दशमलव ३० प्रतिशतले भाडा बढेको छ ।

त्यस्तै पहाडी क्षेत्रमा चल्ने मालबाहक सवारी साधनमा ६ दशमलव ९४ तथा तराईमा चल्ने मालबाहक सवारी साधनमा ७ दशमलव ७ प्रतिशत भाडा बढेको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ । डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सो अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।


प्रतिक्रिया