खोपबाट बञ्चितका लागि घुम्ती खोप सेवा शुरु

असार ७, २०७९

मधेश प्रदेशमा कोभिड–१९ बिरुद्धको खोपबाट वञ्चित गर्भवती, अपांगता भएका र बिरामी परेकाहरुका लागि घुम्ती खोप सेवा शुरु भएको छ । मधेश प्रदेशको ८ जिल्लाको १ सय ३६ स्थानीय तहका लागि ८ मोवाइल टोली घुम्ती खोप सेवाका लागि परिचालन गरिएको छ । 

अस्ट्रेलियाली सरकारको आर्थिक सहयोग तथा आड्रा नेपालको प्राविधिक सहयोगमा बागमती सेवा समाजको सहजीकरणमा खोपको पहुँच बढाउन परियोजना सञ्चालन गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक मुक्तिनारायण साहले बताउनुभयो । कोभिड बिरुद्धको खोप लगाउनबाट वञ्चित भएका १ लाख व्यक्तिलाई घरमै पुगेर खोप लगाउने तयारी भएको छ । 


प्रतिक्रिया