सुर्खेत विमानस्थल विस्तार गरेपनि चौबिसै घण्टा चल्दैन

रेडियो कान्तिपुर संवाददाता

असार ८, २०७९

विस्तारको चर्चा चलिरहेको सुर्खेत विमानस्थल विस्तारले मात्र हवाई सेवा प्रभावकारी नहुने नागरिक उड्डयन प्राधिकरण कार्यालय सुर्खेतले जनाएको छ । कार्यालय प्रमुख देवेन्द्र पाण्डेले कर्णाली प्रदेशमा हवाई सेवा विस्तारका लागि चौबिसै घण्टा सञ्चालन हुने फुल फेजको विमानस्थल बन्न नसक्ने बताउनुभयो । 

हालको विमानस्थललाई विस्तार गर्दा पनि रात्रीकालिन उडान भर्न सक्ने क्षमता नराख्ने उहाँको भनाई थियो । कम कुहिरो भएको अवस्थामा पनि अहिले उडान रोक्नुपर्ने समस्या रहेको पाण्डेले बताउनुभयो । कर्णालीमा उडान सेवा विकासका लागि रामघाट क्षेत्रमा विमानस्थलको निर्माण गरिनु सम्भवत: उत्तम हुने उहाँको भनाई छ । 

जनताको मागअनुसार नै विमानस्थल निर्माण हुने उहाँले बताउनुभयो । ६ वर्षअघि संघीय सरकारका तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहितको प्राविधिक टोलीले अन्तर्राष्ट्रि्रय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको थियो ।


प्रतिक्रिया