सहिद परिवारलाई मासिक भत्ता

असार १६, २०७९

मधेस प्रदेश सरकारले मधेस आन्दोलन र माओवादी सशस्त्र युद्धका सहिद घोषणा भएका परिवारलाई मासिक भरणपोषण भत्ता दिने निर्णय गरेको छ । आन्दोलनका क्रममा मृत्यु भएको र नेपाल सरकारले सहिद घोषणा गरेका परिवारलाई मधेसी सहिद प्रतिष्ठानमार्फत भरणपोषणबापत मासिक २१ हजार रुपैयाँ भत्ता दिइने गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले बताउनुभयो । 

प्रतिष्ठानका कार्यकारी निर्देशक छठु चौधरीका अनुसार सहिदका सन्तानलाई वार्षिक छात्रवृत्ति पनि दिइनेछ । यस्तै, कक्षा १ देखि ६ सम्म १६ हजार रूपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ठ वार्षिक छात्रवृत्ति प्रदान गरिने प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख छ । यसअघि, मधेस प्रदेश सरकारले मधेस आन्दोलन र सशस्त्र युद्धका सहिद परिवारलाई एकमुष्ट ५ लाख रुपैयाँसमेत वितरण गरेको थियो । 


प्रतिक्रिया