तत्काल राहत वितरण गर्ने परराष्ट्रमन्त्री खड्काको भनाई

श्रावण १९, २०७९

परराष्ट्रमन्त्री नारायण खड्काले कोशी पीडितलाई तत्काल राहतको व्यवस्था गर्ने बताउनुभएको छ । उदयपुरको बेलका नगरपालिका ८ डुम्रिबोटेमा बाढी प्रभावित स्थलको अवलोकन गर्दै परराष्ट्रमन्त्री खड्काले तत्काल राहत र व्यवस्थापनका लागि सरकारले निर्णय गर्ने बताउनुभयो ।

उदयपुरको डुम्रिबोटेमा झन्डै ३ सय मिटर जमिन कटान गरी कोसी बस्ती पसेको छ । नगरपालिकाको १, २, ३, ८ र ९ तथा सुनसरी बराह क्षेत्रका ६ र ९ वडाका धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती जोखिममा परेका छन् । परराष्ट्रमन्त्री खड्काले बाँध भने पानीको स्तर घटेपछि बनाउने आश्वासन दिनुभयो । 


प्रतिक्रिया