अपवित्र साँठगाठको नाम हो गठबन्धन : ओली

भाद्र २, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावको लागि सत्तारुढ दलहरुले गठबन्धनको नाममा अपवित्र साँठगाँठ गर्न खोजिरहेको आरोप लगाउनु भएको छ । एमालेसंग एक्लाएक्लै चुनाव लड्ने हिम्मत नभएका कारण दलहरु अपवित्र साँठगाँठमा लागेको उहाँको भनाई थियो । 

गृहजिल्ला झापाको कचनकवल गाउँपािलकास्थित बनियानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जस्तोसुकै साँठगाँठ र गठबन्धन गरेपनि मंसिर ४ को चुनावमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गर्नुभयो । उहाँले मंसिर ४ को चुनावमा एमालेले बहुमत ल्याउने गरी कार्यकर्तालाई परिचालन हुन निर्देशन दिनुभयो । ओलीले संविधानले व्यवस्था गरेअनुरुप सबैलाई नागरिकता दिईने बताउनुभयो । 


प्रतिक्रिया