प्रतिनिधिसभा सदस्य तर्फको सिट बाँडफाँट लगभग टुंगियो : कार्यदल

आश्विन ९, २०७९

सिट बाँडफाँटका लागि बनेको सत्ता गठबन्धनको कार्यदलले प्रतिनिधिसभा सदस्यतर्फको सिट बाँडफाँट लगभग टुंग्याएको जनाएको छ । कार्यदलले प्रदेशसभाको बाँडफाँटमा खाका तयार गरेपछि चुनावी तालमेललाई अन्तिम रुप दिने तयारी छ । 

प्रतिनिधिसभातर्फ शीर्ष नेताहरूको तहमा छलफल भइरहेका बेला कार्यदलले प्रदेशसभा सदस्यको सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास थालेको हो । साउन २० मै चुनावी तालमेल गर्ने सहमति गरेका दल दुई महिना पुग्न लाग्दा पनि त्यही विषयमा छलफलमा छन् । तर, सिट बाँडफाँटको विषयमा सहमति भइसकेको छैन । 


प्रतिक्रिया