कांग्रेसले प्रदेशअनुसार अलग–अलग घोषणापत्र तयार गर्ने

आश्विन ९, २०७९

नेपाली कांग्रेसले आगामी निर्वाचनमा प्रदेशअनुसार अलग–अलग घोषणापत्र तयार गर्ने भएको छ । घोषणा तयारी समितिले प्रदेशअनुसार सातै प्रदेशमा अलग अलग घोषणापत्र बनाउन निर्देशन दिएको हो । समितिले राष्ट्रिय घोषणापत्र बनाउने र प्रदेशस्तरका मुद्दा समेटेर प्रदेश कार्यसमितिले अर्को घोषणापत्र बनाउने नेताहरूले जनाएका छन् । 

केन्द्रीय घोषणापत्र तयारी समितिले सात प्रदेशका विषयहरू समेट्न सात जनालाई संयोजक तोकेर काम गरिरहेको छ । आगामी पाँच वर्षमा कांग्रेस नेतृत्व सरकारले गर्ने काम मात्र घोषणा पत्रमा समेटेर ल्याउने योजना रहेको एक नेताले बताए । अहिले घोषणापत्र तयारी समितिले शिक्षा, स्वास्थ्य, पुर्वाधार, संस्कृति, पर्यटन लगायत अलग अलग विषयगत समिति तोकेर स–सानो समूहमा छलफल भइरहेको जनाएको छ ।


प्रतिक्रिया