काठमाण्डौंमा विकासको मोडालिटी परिवर्तन गर्नुपर्छ : पर्यटनमन्त्री श्रेष्ठ

आश्विन ९, २०७९

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौमा भइरहेको विकासको मोडालिटी परिवतर्न गर्नुपर्ने बताउनुभएको छ । 

काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले सांस्कृतिक सहरका रुपमा चिनिने काठमाडौं जस्ता शहरमा विकासका नाममा विभिन्न संरचना भत्काउने काम भइरहेको बताउनुभयो । पुरातात्विक सम्पदा भत्काउने काम भइरहेको मन्त्री श्रेष्ठको भनाई थियो ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाले नक्सा पास विना बनेका संरचना अवैध भन्दै हटाउने अभियान जारी राखेका बेला मन्त्री श्रेष्ठको यस्तो भनाई आएको हो । 


प्रतिक्रिया