मेची नदीमा मितेरी छठ पुजा

कार्तिक १३, २०७९

झापाका नदी तलाउमा निर्माण गरिएका पुजा स्थलहरुबाट पनि ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका छन् । नेपाल–भारतको सीमा नदी मेची नदीमा दुवै मुलुकका ब्रतालुले मिलेर छठ पुजा गरेका छन् । नदीको दुवै किनारमा निर्माण गरिएका पुजास्थलमा ब्रतालुले सद्भावपूर्ण तरिकाले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । 

भद्रपुर नगरपालिकास्थित मेची पुलदेखि उत्तरमा करिब दुई किलोमिटर नदी किनारमा टेण्ट निर्माण गरि छठ पुजा गरिएको छ । स्थानीय मैथली समाज भद्रपुरका अनुसार भद्रपुरमा मात्र करिब पाँच हजार परिवारले मेची नदी किनारमा छठ पुजा गरेका छन् । त्यस्तै जिल्लाका देउनिया, अन्धुवा, निन्दा, विरिङ, कनकाई, कमल, गेउरिया, कमल–बनियानी, रतुवा, मावालगायतका नदी किनारमा समेत छठ पुजा गरिएको छ । 


प्रतिक्रिया