झापा ४ मा एमालेका लालप्रसाद साँवा विजयी

मंसिर ८, २०७९ | झापा

झापाको निर्वाचन क्षेत्र नं. ४ मा नेकपा एमालेका लालप्रसाद (एलपी) साँवा निर्वाचित हुनु भएको छ । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका देउकुमार थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले पराजित गर्दै एमालेका साँवा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो । 

निर्वाचित साँवाले २९ हजार ३ सय १५ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी थेवेले २२ हजार ४ सय ४८ मत मात्र प्राप्त गर्नुभयो । 

२०७४ को निर्वाचनमा पनि सो क्षेत्रबाट साँवा र थेवेबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला पनि साँवाले थेवेलाई १६ हजार बढी मतान्तरले पराजित गर्दै पहिलो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।


प्रतिक्रिया