कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २२ गते

पुस १२, २०७९ | काठमाडौं

नाटकीय ढंगले राजनीतिक परिवेश बदलिएसंगै संघीय संसदको पहिलो दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले पुस २२ गते दिउँसो १ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो ।


 बैठकमा मुख्यगरि बदलिंदो राजनीतिक परिवेश, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा, संसदमा दलको भूमिका लगायतका बिषयमा छलफल हुने छ ।

गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन नसक्दा कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको छ । पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले आगामी बैठकमा गम्भीर छलफल र समीक्षा हुने बताउनुभयो ।

बैठकमा पार्टीसंग रहेका अन्य दल एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी लोसपासंगको सहकार्य कस्तो रहने भन्ने विषयमा पनि छलफल हुने प्रवक्ता डा.महतले जानकारी दिनुभयो ।

बैठकमा सातै प्रदेशको सरकार गठनका विषयमा पार्टीको भूमिकाका विषयमा पनि छलफल हुने छ ।


प्रतिक्रिया