भव्यरुपमा मनाईयो भक्का दिवस (फोटो फिचर )

पुस २९, २०७९

पूर्वी तराईमा बसोबास गर्ने राजवंशी समुदायले भक्का दिवस मनाएका छन् । झापा र मोरङको विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमसहित सो समुदायले छैठौं राष्ट्रिय भक्का दिवस मनाएको हो । कोचिला गाभुर फ्रन्ट र राजवंशी समाज विकास समितिको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा बृहत्त कार्यक्रमको आयोजना गरिएको छ । 



नेपाल र भारतका विभिन्न राज्यबाट समेत आएका राजवंशीहरुले बिर्तामोडमा भक्का दिवस मनाएका हुन् । राजवंशी जातिको सिजनल परिकार भाक्का पछिल्लो समय व्यवसायिक बनेपछि यसको संरक्षण र प्रवद्र्धनका लागि भक्का दिवस मनाउन थालिएको हो । जाडो सिजनमा पूर्वी तराईका चोक बजारमा बिहानको खाजाको रुपमा भक्का बेच्ने व्यापार निकै बढेको छ । 


प्रतिक्रिया