सवारी प्रदूषण, सुरक्षा र दुर्घटना न्यूनीकरण कार्यदल गठन

माघ १२, २०७९

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सुरक्षा र दुर्घटना न्यूनीकरण अध्ययनका लागि पाँच सदस्यीय कार्यदल गठन गर्नुभएको छ । मन्त्री श्रेष्ठले पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा आज कार्यदल गठन गर्नुभएको हो । 

कार्यदल सदस्यहरुमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियरिङ क्याम्पसका पदमबहादुर शाही, यातायात विज्ञ मधुसुदन आचार्य र इन्जिनियर विजय गौतम रहेका छन् । समितिमा यातायात व्यवसायी महासंघका अध्यक्ष वा प्रतिनिधि सदस्य रहने छन् भने यातायात व्यवस्था विभागका महानिर्देशकलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ । 


प्रतिक्रिया