एमाले अध्यक्ष ओलीले आफूलाई असहयोग गरिरहेको प्रधानमन्त्री दाहालको गुनासो

माघ १३, २०७९

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार गठन भएदेखि नै सत्ता साझेदार दल एमाले अध्यक्ष केपी ओलीले आफूलाई असहयोग गरिरहेको गुनासो गर्नुभएको छ । राष्ट्रपति निर्वाचन लगायत बिषयमा छलफल गर्न बसेको पार्टीको स्थायी समिति बैठकमा प्रधानमन्त्री दाहालले मन्त्रीहरुको शपथग्रहण, सत्तारुढ दलको साझा कार्यक्रम र मन्त्रालय बाँडफाँडको समयमा ओलीले अप्ठ्यारोमा पार्न खोजेको गुनासो गर्नुभएको नेताहरुले बताएका छन् । 

एक स्थायी समिति सदस्यले भने– “एमाले अध्यक्ष ओलीले सरकारलाई सहयोग गर्नुको साटो अन्य दलका नेताहरुको समेत समर्थनमा अप्ठ्यारोमा पार्न खोजेको दु:खेसो अध्यक्ष दाहालले बैठकमा गर्नुभयो ।” ती सदस्यका अनुसार, ओलीले आफूलाई असहयोग गरिरहेकाले राष्ट्रपति निर्वाचनमा संसदभित्रको सन्तुलन हेरेर सहमतिका आधारमा अघि बढ्नुपर्ने धारणा दाहालको थियो । बैठकमा दाहालले राष्ट्रपति पद कंग्रेसलाई दिनुपर्ने भनेर सोझै नभने पनि प्रमुख पद एमालेलाई दिंदा समस्या हुन सक्नेतर्फ सचेत हुनुपर्ने समेत बनाउनुभएको छ । हिजोबाट सुरु भएको माओवादीको स्थायी कमिटी बैठक भोली पनि बस्ने छ । 


प्रतिक्रिया