राष्ट्रपतिमा राष्ट्रिय सहमति मान्य हुँदैनः एमाले उपमहासचिव ज्ञवली

माघ १४, २०७९ | पाल्पा

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने विषय आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभएको छ । 

सत्ता साझेदार माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रीय सहमतिको प्रयासको खोजी गर्दै गर्दा एमाले उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिनुको अर्थ राष्ट्रपतिमा सहमति खोज्न नभएको बताउनुभयो । 

उहाँले सत्ता गठबन्धनको सहमति अनुसार एमालेबाटै राष्ट्रपतिमा उम्मेदवार हुनेमा कुनै आशंका नगर्न आग्रह गर्नुभयो । नेता ज्ञवालीले अहिलेको गठबन्धनलाई कमजोर बनाउने कुनै प्रयास सफल नहुने दाबी गर्नुभयो ।  


प्रतिक्रिया