प्रधानसेनापति शर्मा र यूएईका राजदूत शाम्सीबीच भेतवार्ता

माघ १८, २०७९ | काठमाडौं

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुला बिन जर्वान अल शाम्सीबीच भेटवार्ता भएको छ । 

मंगलबार सैनिक मुख्यालयमा प्रधानसेनापति शर्मा र यूएईका राजदूत शाम्सीबीच भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ । सो भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 ‘यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया