रास्वपाभित्र विवाद उत्पन्न

माघ १८, २०७९

पार्टी सभापति रवि लामिछानेको नागरिकताको बिषयलाई लिएर विवाद उत्पन्न भइरहेका बेला सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको आन्तरिक असन्तुष्टी सतहमा आएको छ । सभापति लामिछानेले आफ्नो सांसद पद खारेज भएपनि गृह मन्त्रालयको जिम्मेवारीमा दावी गरिरहँदा पार्टीका नेताहरुले असन्तुष्टी जनाएका छन् । चितवन २ मा उपनिर्वाचन हुने अवस्थामा जिल्ला सभापति धमेन्द्र सापकोटाले पदबाट राजिनामा दिनुभएको छ । 

सापकोटाले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुदै गर्दा सुशासनको प्रत्याभूति हुन नसकेको भन्दै राजिनामा दिएको प्रतिक्रिया दिनुभएको छ । दुई दिनअघि नै राजीनामा दिएका सापकोटाले आज मात्रै त्यसबारे सार्वजनिक जानकारी गराएको हाम्रा चितवन सहकर्मी रमेश पौडेलले जनाएका छन् । यसैबीच, सो पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीले राजनीतिक रुपमा गल्ती गरेको र फेरि अर्को गल्ती हुन लागेको टिप्पणी सामाजिक सञ्जालमा गर्नुभएको छ । 


प्रतिक्रिया