लक्षित समुदायका विद्यार्थीलाई छात्रवृत्रि उपलब्ध गराउ : नेपाल अभिभावक महासंघ

माघ १८, २०७९ | काठमाडौं

नेपाल अभिभावक महासंघले विद्यालय तहमा उपलब्ध हुने छात्रवृत्ति लक्षित समुदायका विद्यार्थीलाई उपलब्ध गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालको ध्यानाकर्षण गराएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री खनालसंगको भेटका क्रममा महासंघका प्रतिनिधिले सो छात्रवृति लक्षित समुदायका विद्यार्थीलाई उपलब्ध गराउन स्थायी कोष खडा गर्न समेत माग गरेका छन् ।

यस्तै विषयगत शिक्षकको दरबन्दी व्यवस्थित रुपले मिलान गर्न पनि महासंघले मन्त्रीको ध्यानाकर्षण गराएको छ । यस्तै उसले प्राविधिक तथा व्यवसायिक शिक्षामा सर्वसाधारणको सहज पहुँचको व्यवस्था र गुणस्तरियता, प्रभावकारी रोजगारको व्यवस्था गर्न पनि भनेको छ । 


प्रतिक्रिया