शिक्षा मन्त्रायल पुरानै ठाउँमा फर्कियो
कार्तिक १६, २०८२
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्षति पुगको शिक्षा मन्त्रायलले आजदेखि सिंहरबार परिसरबाट आफ्ना सेवा सुरु गरेको छ ।
आन्दोलनपछि अस्थायी रुपमा भदौ ३१ गतेबाट जमलस्थित केशरमहलबाट काम सुरु गरेकोमा आजबाट पुन सिंहदबारबाटै काम सुरु गरिएको मन्त्रालयले जनाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले विज्ञप्ति जारी गर्दै सेवा सुरु गरिएको जानकारी दिनुभयो ।
मन्त्रालयबाट हुने काम हालका लागि दुबै तर्फ जारी राखिएको सहसचिव सापकोटाले बताउनुभयो ।











