रास्वपा परित्याग गदै नेता परियार नयाँ दल बनाउने अभियानमा समाहित
कार्तिक २८, २०८२ | काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले पार्टी परित्याग गर्दै नयाँ दल बनाउने अभियानमा लाग्नुभएको छ । नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको बिचार निर्माण गर्न नसकेकोमा दुखी रहेको जनाउँदै परियारले पार्टीको कुनैपनि जिम्मेवारीमा नरहने गरि दल छाडेको घोषणा गर्नुभएको हो ।
रास्वपाका सचिवालय सदस्य रहेका परियार संसदमा समानुपातिक सांसद हुनुहुन्थ्यो । निरन्तर पार्टीमा बिचार बहस गरेपनि स्थापीत गर्नू नसक्नुलाई आफ्नो कमजोरी महशुस गरेको उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, रास्वपा छाडेको घोषणालगत्तै नेता परियार जर्नादन शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियान र नेपाल समाजवादी पार्टी नयाँ शक्तिसँग मिलेर नयाँ दल बनाउन सहमत हुनुभएको छ । नेपाल समाजवादी पार्टी नयाँ शक्तिका संयोजक दुर्गा सोब, प्रगतिशिल राष्ट्रिय अभियानका संयोजक सुदन किराती र परियारले संयुक्त सहमति पत्र जारी गर्दै सहकार्यका लागि सहमति भएको जनाएका छन् ।
उनीहरुबीच विभिन्न पाँच बूँदामा सहमति भएको हो । सहमति भएका समूहबीचको आगामी मंसिर ७ गते बृहत् एकता घोषणा गरिने अभियानका नेताहरुले जनाएका छन् ।








