प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ गते पेशी

रेडियो कान्तिपुर संवाददाता

मंसिर २३, २०८२ | काठमाडौं

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सांसदहरुले सर्वोच्च अदालतमा दिएको रिट निवेदन दर्ता भएको छ । सर्वोच्चले सो रिटमाथिको सुनुवाइका लागि यही पुस २ गतेका लागि पेशी तोकेको हो । 

 प्रतिनिधिसभा विघटन र प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति संविधान र राष्ट्रहितविपरीत रहेको कांग्रेसका सांसदको तर्क छ। कांग्रेसका तर्फबाट विघटित प्रतिनिधिसभामा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ तथा सांसदहरू आशा विक, दीपक खड्का, सीताकुमारी राना, नगिना यादव, शान्ति विक र जावेदा खातुन जागाले रिट दायर गर्नुभएको हो । 

रिटमा राष्ट्रपति र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन आयोग, सभामुख देवराज घिमिरे र संसद् सचिवालयलाई विपक्षी बनाइएको छ । कांग्रेसले प्रतिनिधिसभा कायमै रहेको अवस्थामा कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको काम असंवैधानिक रहेको तर्क रिटमा उल्लेख गरेको छ । 


प्रतिक्रिया