श्रोताकै भोटको आधारमा बच्चाको नामाकरण

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १०, २०७४

अमेरिकी शहर सेन्ट लुईसस्थित द आर्क रेडियोकी एक प्रस्तोताले प्रत्यक्ष प्रशारणकै क्रममा शिशुलाई जन्म दिएकी छिन् । रेडियोको बिहानी सत्रकी कार्यक्रम प्रस्तोता क्यासीडे प्रोक्टरलाई प्रशव पीडा सुरु भएपछि रेडियोले अस्पताल भित्रैबाट प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाएको थियो । उनको प्रसूतीलाई प्रसूती गृहबाटै रेडियो स्टेशनले प्रत्यक्ष प्रशारण गरेको थियो । 

प्रसुतीको लागि दिइएको मिति पूर्व नै उनलाई प्रशव पीडा सुरु भएपछि अचानक अस्पताल लैजानुपरेको थियो । शिशु जन्माइसकेपछि प्रोक्टरले श्रोतामाझ खुशी साट्दै भनेकी छिन्, ‘यो मेरो लागि अत्यन्तै खुशीको अनुभव हो, मेरा श्रोतामाझ मैले जीवनकै सबैभन्दा महत्वपूर्ण अनि खुशीको पल साट्न पाएँ । जीवनका सुख दुख जसरी म मेरा श्रोतासँग साट्छु त्यसैगरी यो पल पनि साट्न पाउँदा अत्यन्त खुशी छु।’ 

प्रोक्टरका सहकर्मीले बच्चा नजन्मिएसम्म कार्यक्रमलाई निकै रोचक ढङ्गले प्रस्तुत गर्दै प्रोक्टर दम्पतीले छानेका १२ नाममध्ये कुन नाम राख्ने भन्नेमा  रेडियोका श्रोतामाझ भोटिङ गराएका थिए । स्रोताहरुकै भोटका आधारमा बच्चाको जेमसोन नामाकरण गरिएको छ । 

 


प्रतिक्रिया