जनतासँगै योजना माग्दै बुटवल उपमहानगरपालिका

जेष्ठ ३, २०७५ | बुटवल

योजना माग्दै नागरिक स्थानीयदेखि केन्द्र सरकारसम्म पुगेको देखे भोगेकै हो । यस्तोमा बुटवल उपमहानगरपालिकाले भने स्थानीयको घरदैलोमै पुगेर दीर्घकालीन र आवधिक योजना बारे नगरवासीको सुझाब संकलन थालेको छ । बुटवलले १५ वर्षे दीर्घकालिन र आवधिक योजना बनाउदै छ ।

यो आवधिक योजनाका लागि करिब २६ अर्ब बराबरको बजेट लागत सहितको खाका तयार पार्दै गर्दा घर घर र वडा वडाबाट सुझाव संकलन थालेको थालेको नगर प्रमुख शिवराज सुवेदीले बताउनुभयो । नगरप्रमुख सुवेदीले भन्नुभयो, ‘हामीले घरघरमा सिंहदरबारको सेवा लैजान्छौं भनेका थियाँैं। यसैले पनि योजना के चाहिन्छ भनेर उहाहरुको घरदैलोमा पुगेका हौँ ।’ 

बुटवलमा १९ वडा छन । उप—महानगरपालिकाका जनप्रतिनिधि सहितको टोलीले यी सबै वडामा पुगेर समुदायको योजना र सुझाव लिन थालेको छ । यसका लागि वडाहरुको पायक पर्ने स्थानमा नागरिक भेला गरेर विकास योजना र योजनाप्रतिको सुझाव लिन थालेको छ । त्यसमा सर्वसाधारण नागरिकदेखि वडामा रहेका उपभोक्ता समिति, टोलविकास संस्था, सामाजिक संघसंस्था, नागरिक अगुवा, उद्योगी व्यवसायी, शिक्षक, विद्यार्थी र लक्षित समुदाय तथा तिनका प्रतिनिधिको सहभागीता छ ।

सबैको प्रतिनिधित्व हुनेगरी बोलाइएको भेलामा जनप्रतिनिधि र परामर्शदाता सहितको उप—महानगरपालिकाका महाशाखा तथा विज्ञ टोलीले योजना माग्ने र सुझाव संकलन गरेको छ । 

 


प्रतिक्रिया