सगरमाथा आरोहणको ६५ वर्ष पुरा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १५, २०७५ | काठमाडौं

एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको ६५ वर्ष पुगेको छ । सगरमाथा आरोहणको सम्झनामा सगरमाथा दिवस मनाउने गरिएको छ ।

सगरमाथा आरोहणको ६५ वर्ष पुरा भएपनि बिभिन्न चुनैतीका कारण कुल ८ हजार ३ सय ६ जना मात्र शिखरको चुचुरोमा पुग्न सफल भएका छन् । नेपाली बाटो हुंदै ५ हजार २ सय ८० र चीनबाट ३ हजार २६ जनाले आरोहण गरेका छन् । सगरमाथाको आरोहणका क्रममा २ सय ८८ जनाको मृत्यु भएको छ ।

८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको उचाई गोरखा भूकम्पका कारण फेरवदल भएको भन्दै सरकारले पुन: मापन प्रक्रिया अघि बढाईसकेको छ । नापी विभागले तिनवटा विधि मार्फत उचाई नाप्नेछ । डेढ वर्षमा सगरमाथाको कुल उचाईको नापको काम सकिने नापि विभागले जनाएको छ ।

अन्तराष्ट्रिय मान्यता प्राप्त हुने गरी गरिने अध्ययन भूकम्प र जलवायु परिवर्तन लगायत कारणले सगरमाथाको उचाईमा घटबढ भएको हुनसक्ने आशंकामा गर्न लागिएको हो ।

 


प्रतिक्रिया