तीन वर्ष भित्र धरहरा र रानीपोखरी निर्माण गर्ने लक्ष्य

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १५, २०७५ | काठमाडौं

सरकारले आगामी तीन वर्ष भित्र धरहरा र रानीपोखरी निर्माण गर्ने लक्ष्य लिएको छ । संघीय संसदमा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले भूकम्पका कारण ढलेको धरहरा र भत्किएको रानीपोखरी पुनर्निर्माणको काम तीन वर्ष भित्र सम्पन्न गर्ने सुनाउनुभयो । 

यस्तै सरकारले संघीय संसदको भवन निर्माणका लागि समेत बजेट विनियोजन गरेको जनाएको छ । 

यस्तै, सरकारले निजी आवास पुनर्निर्माणका लागि १ खर्ब ५१ अर्ब ८ करोड १३ लाख बजेट विनियोजन गरेको छ ।


प्रतिक्रिया