ईपीएल र युनडीपीबीच सहकार्य

रेडियो कान्तिपुर संवाददाता

असार १९, २०७५ | काठमाडौं

खेलकुद मार्फत नेपालको दिगो विकास लक्ष्य प्राप्तीमा सघाउ पुर्‍याउन भन्दै संयुक्त राष्ट्र विकास कार्यक्रम युनडीपीले एभरेष्ट प्रिमियर लिगमा सहकार्य गर्ने भएको छ । राजधानीमा आज एक कार्यक्रमका बीच सो सम्बन्धी सम्झौतामा एभरेष्ट प्रिमियम लिग ईपीएल प्रा.लि. र युनडीपीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

गरिबी निवारणको उद्देश्य सहित लिइएको दिगो विकास लक्ष्य हासिलका लागि जनचेतना बढाउन, सरोकारवालाको परिचालन तथा लक्ष्य हासिल गर्नका लागि वकालत गर्न संयुक्त पहल गर्ने सम्झौतामा उल्लेख छ । दुई संस्थाबीच सहकार्य गर्ने राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।

सहकार्यबाट नेपालमा क्रिकेटको विकासका लागि यसले थप टेवा पुग्ने युएनडीपीका नेपाल प्रवन्धक रिनाउड मेयरले बताउनुभयो । खेल क्षेत्रले प्लेटफर्म मात्र तयार गर्ने नभई युवालाई परिचालन गर्न पनि सघाउ पुग्ने भएकाले आगामी २०३० सम्ममा संयुक्त राष्ट्रसंघका सदस्य देशहरुलाई समेट्ने उद्श्यले नेपालमा पनि क्रिकेटलाई माध्यमको रुपमा लिईएको मेयरले बताउनुभयो ।

यो सहकार्यले क्रिकेटको विकासमा सहयोग पुग्ने ईपीएलका संस्थापक अमिर अख्तरले बताउनुभयो । यो सहकार्यले समाज परिवर्तनमा सघाउ पुग्ने अख्तरको भनाई छ ।  

 


प्रतिक्रिया