प्रधानमन्त्री मेको नीतिप्रति असन्तुष्टि जनाउदै २ मन्त्रीद्वारा राजीनामा

रेडियो कान्तिपुर संवाददाता

असार २६, २०७५ | एजेन्सी

प्रधानमन्त्री टेरेजा मेको युरोपियन युनियनसँगको सम्बन्ध विच्छेदको निर्णयप्रति जनाउँदै बेलायतका २ जना मन्त्रीले राजीनामा दिएपछि संकट चुलिएको छ । मेले दुई महत्वपूर्ण मन्त्रीको राजिनामा पछि मन्त्रीपरिषदमा नयाँ नियुक्ति पछिको रण्ीिनतिको तयारी गरिरहेको बीबीसीले जनाएको छ ।

विदेशमन्त्री बोरिस जोनसन र ब्रेग्जिट मामिला मन्त्री डेभिड डेभिसले राजीनामा दिएपछि मेले आफ्नो पार्टीलाई प्रतिपक्षी बलियो हुन सक्ने भन्दै चेतावनी दिनुभएको थियो । सन् २०१९ को मार्च २९ मा बेलायतले ईयु छाड्ने मिति तोकेको छ । यद्यपि, दुवै पछिले ब्रेक्जिट पछिको व्यापार, सुरक्षा लगायतका सम्बन्धका विषयमा सहमतीका लागी गृहकार्य भैरहेका छन् ।  

 


प्रतिक्रिया