अवैध रुपमा ल्याइएका कुखुरा बरामद

भाद्र २, २०७५ | धनगढी

भारतीय बजारबाट अवैध रुपमा ल्याउंदै गरेका डेढ क्वीन्टल कुखुरा प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बलको त्रिनगरस्थित बोर्डर आउट पोष्टबाट खटिएका सुरक्षाकर्मीले सो परिमाण बराबरका कुखुरा बरामद गरेको हो । २ वटा मोटरसाइकल सहित कुखुरा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक धोज बिक्रम शाहीले बताउनुभयो ।

लगानीको जोखिम मोलेर धनगढी क्षेत्रमै कुखुरा उत्पादन गर्दै आएका कुखुरा ब्यवसायीहरु भारतीय बजारबाट अवैध रुपमा आयात हुन थालेपछि चिन्तामा छन् । धनगढीमा उत्पादित कुखुराको बिक्री मूल्य भन्दा भारतीय बजारबाट ल्याएर प्रतिकिलो ५० रुपैयाँ स्तोमा बिmत्राी गर्ने भएपछि असली ब्यापारीहरुको समेत टाउको दुखाई बनेको व्यवसायी बताउंछन् ।

धनगढीमा २ सय १० प्रतिकिलो पर्ने कुखुरा भारतीय बजारमा १ सय ४० मे पाइने भएपछि कालोबजारी बढेको छ । विचौलीयाले कैलाली र कञ्चनपुरका सीमा बजारबाट पैठारी गरी नाफा कमाउँछन् । 

 


प्रतिक्रिया