बलात्कार अभियोगमा पक्राउ

रेडियो कान्तिपुर संवाददाता

भाद्र ७, २०७५ | काठमाडौं

महिलालाई बलात्कार गरेको अभियोगमा एक जना खोटाङबाट पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिकाकी एक महिलालाई गत साउन १ गते बलात्कार गरेको अभियोगमा दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका १९ वर्षीय निसान राई बिहीबार विराटनगरबाट पक्राउ परेका हुन् ।
 
उनलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा ल्याएर अनुसन्धान बढाउँने प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताउनुभयो । 


प्रतिक्रिया