चिनीको मुल्य छानविनका लागि अख्तियारलाई सिफारिस गर्न उपसमितिको सुझाव

रेडियो कान्तिपुर संवाददाता

आश्विन २५, २०७५ | काठमाडौं

- संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उप–समितिले चिनीको मूल्यमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव दिएको छ । लेखराज भट्टको संयोजकत्वमा बनेको उप–समितिले आज लेखा समितिका सभापति भरत शाहलाई बुझाएको अध्ययन प्रतिवेदनमा सो सुझाव समेटिएको छ ।

साथै समितिले सरकारले चिनीमा लगाएको परिमाणत्मक बन्देजको कोटा खारेज गर्न पनि निर्देशन दिनुपर्ने सुझाब दिएको छ । अर्थ मन्त्रालयमार्फत वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने सुझाब प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रिपरिषदले स्वदेशी उद्योलाई प्रवद्र्धन गर्न भन्दै बार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गत महिना गरेको थियो । निर्णय लगत्तै बजारमा चिनीको भाउ ह्वातै बढेको छ । यसबारे छानविन गर्दै लेखा समितिले उप समिति गठन गरेको थियो ।

 


प्रतिक्रिया