चाडपर्वमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदेउ : उद्योग समिति

रेडियो कान्तिपुर संवाददाता

आश्विन २५, २०७५ | काठमाडौं

- संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्व अघि दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने गरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले देशैभर पर्याप्त मात्रामा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन, आवश्यकता अनुसार भण्डारण गर्न, र उपभोग्य वस्तुहरुमा मिसावट अन्त्य गर्न निर्देशन दिएको हो ।

यस्तै चाडपर्वको समयमा बजारमा कृत्रिम अभाव सिर्जना गरी मुल्य वृद्धि गरेको गुनासो आउने गरेकाले अनुगमन गरी दोषीलाई कारबाही गर्न पनि समितिले सम्बन्धित मन्त्रालयललाई भनेको छ । हालसम्म भएको बजारअनुगन, भावी योजना र दोषीलाई के कारबाही गरीयो सबै विवरण पेश गर्न पनि भनेको समितिका सचिव कृष्णहरी खड्काले जानकारी दिनुभयो । 

 


प्रतिक्रिया