‘सरकार प्रेस विरोधी’ : कांग्रेस सभापति देउवा

रेडियो कान्तिपुर संवाददाता

आश्विन २६, २०७५ | चितवन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रेस विरोधी भएको आरोप लगाउनुभएको छ । प्रेस युनियन चितवन शाखाको आठौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि सरकारले अंहुश लगाउन खोजेको आरोप लगाउनु भएको हो । 

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले भन्नुभयो, ‘सञ्चार जगतमाथि सरकारले हस्तक्षेप गर्ने सम्भावान देखिएको छ, प्रेस फ्रिडममा अंकुस लगाउने कोशिस गरिएको छ ।’ यस्ता षडयन्त्र विरुद्ध आफ्नो पार्टीले प्रतिकार गर्ने उहाँले बताउनुभयो ।

नेपाली काँग्रेस सधै प्रेस स्वतन्त्रता र आधारभूत मानव अधिकारको रक्षाका लागि कटिवद्ध रहँदै आएको सभापति देउवाको भनाई थियो ।

देउवाले भन्नुभयो, ‘प्रेस स्वतन्त्रताका लागि हामी पञ्चायतमा पनि लडेका हौं, लड्दा लड्दै पञ्चायत नै गयो, अहिलेको सरकारले पनि प्रेस विरोधी भावना बनाए हामी चुप लागेर बस्दैनौं ।’

कार्यक्रममा पार्टी महामन्त्री शशांक कोइरालाले पनि सकारले प्रेस विरुद्ध बाधा व्यवधान खडा गरेको आरोप लगाउनुभयो । 


प्रतिक्रिया