औषधि उपचारबाट बन्चित नगर्न आदेश

कार्तिक १६, २०७५ | नेपालगञ्ज

– उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले सर्वसाधारणहरुलाई स्वास्थ्य जाँच, औषधि उपचारबाट बञ्चित नगर्न आदेश दिएको छ । बर्दियाको सदरमुकाम गुलरियास्थित जिल्ला अस्पतालमा चिकित्सक र औषधि नहुँदा सर्वसाधारणहरु उपचारबाट बञ्चित भएको भन्दै निवेदन परेको थियो ।

आज अदालतका न्यायाधीश बिष्णुदेब पौडेल र खुसीप्रसाद थारुको संयुक्त इजलासले सो आदेश दिएको हो । 

 


प्रतिक्रिया