खोटाङको दिक्तेल बजारमा आगलागी हुँदा दुई घर नष्ट

कार्तिक २३, २०७५ | खोटाङ

खोटाङको दिक्तेल बजारको रत्नपार्कस्थित एक घरमा आगलागी भएको छ । आगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ । बिहान करीब साढे ३ बजेबाट लागेको आगोले स्थानीय जानुका बुढाथोकी र कृष्ण श्रेष्ठको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो निभाउन नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली र स्थानीयले प्रयास गरिरहेको सहकर्मी डम्बर सिंह राइले जनाएका छन् । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण भने खुल्न सकको छैन । 

दमकल नहुँदा आगो निभाउन समस्या भएको छ । आगो निभाउन असहज भएका कारण स्थानीय राजु श्रेष्ठ र नविन गुरुङको घर भत्काइएको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रहेको दमकल जीर्ण हुँदा थन्किएको छ ।  


प्रतिक्रिया