दिक्तेल रत्नपार्कस्थित दुई घरमा आगलागी (अपडेट)

कार्तिक २३, २०७५ | काठमाडौं

खोटाङको दिक्तेल रत्नपार्कमा रहेका दुई घरमा आगलागी भएको छ । आगलागी फैलन नदिन अन्य ३ घर भत्काईएको छ । बिहान करीब साढे ३ बजे लागेको आगोले स्थानीय अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करीब ८ घण्टा पछि आगो निभाइएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकल नहुँदा आगो निभाउन ढिलाई भएको हो ।

आगो निभाउन असहज भएका कारण स्थानीय राजु श्रेष्ठ, नविन गुरुङ र रविध्वज राइको घर भत्काइएको प्रहरीले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकल जीर्ण हुँदा थन्किएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउंन बाँकी छ ।   


प्रतिक्रिया