राप्रपासँग १५ दिन माग्यो राप्रपा प्रजातान्त्रिकले

कार्तिक २६, २०७५ | काठमाडौं

राप्रपा र राप्रपा प्रजातान्त्रीक बीचको एकता प्रक्रिया लम्बिएको छ । अधिकांश सैद्धान्तिक बिषयमा सहमती भएको दावी सहित आज एकता घोषणा गर्ने तयारी भएपनि पूर्वसहमतिबाट प्रजातान्त्रिक पछि हटेपछि प्रक्रिया पछाडि धकेलिएको हो ।

राप्रपा प्रजातान्त्रीकले थप केहि समय माग गरेपछि एकता घोषणा १५ दिन पछि सरेको राप्रपाले बताएको छ । अन्तिम तयारीस्वरुप राप्रपा अध्यक्ष कमल थापाले प्रजातान्त्रीकका अध्यक्ष पशुपति शम्सेर राणासँग हिजो छलफल गर्नुभएको थियो । सो छलफलमा अध्यक्ष राणाले २ साताको समय मागेपछि आजका लागी तय गरिएको एकता घोषणा कार्यक्रम अन्तिम समयमा स्थगीत गरिएको हो । पार्टी नेतृत्व र एजेण्डागत हिसाबमा दुबै दलबीच सहमति भएपनि चुनाव चिन्ह ललायत बिषयमा सहमित हुन बांकी छ । राप्रपा श्रोतले भन्यो– तत्कालका लागी एकता कार्यक्रम स्थगीत भएपनि एकता प्रक्रिया केहि दिनमै टुंगीन्छ । हामी निरन्तर सम्बादमा छौ । 

सुरुमा राप्रपा, राप्रपा प्रजातान्त्रीक र एकिकृत राप्रपा राष्ट्रबादीबिच नै एकता गर्ने गरी प्रक्रिया अगाडि बढेपनि एकिकृत राप्रपाका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी पछि हटेपछि थापा नेतृत्वको राप्रपा र राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबिच मात्र एकता प्रक्रिया अगाडि बढेको थियो । नेतृत्वका बिषयमा कुनै बिवाद नभएपनि तीनै दललाई एकैपटक एकता प्रक्रियामा समाबेश गर्ने उद्धेश्यले आजको कार्यक्रम स्थगीत गरिएको राप्रपा शीर्ष नेताले बताएका छन् । 

राप्रपा प्रजातान्त्रीकका महामन्त्री राजाराम श्रेष्ठले एकता प्रक्रियाका अधिकांश बिषयमा राप्रपासंग सहमति भईसकेकाले एकता चाडै हुने बताउनुभयो । रेडियो कान्तिपुरसंग बिहान कुरागर्दै महामन्त्री श्रेष्ठले त्यसका लागी सबै पक्षले हदैसम्मको लचकता अपनाउदै एकता प्रक्रियालाई महत्वका साथ अघि बढाएको उल्लेख गर्नुभयो । 

 


प्रतिक्रिया