प्रदेश स्तरीय पारा ह्वील चियर बास्केट बल सुरु

रेडियो कान्तिपुर संवाददाता

मंसिर १५, २०७५ | मुगु

पहिलो पटक प्रदेश स्तरीय ह्वील चियर बास्केट बल प्रतियोगिता मुगुको गमगढीमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति र बोधी सत्व इन एक्सनले आयोजना गरेको उक्त खेल प्रतियोगिताको लागि सातै प्रदेशबाट बास्केट बलका ३२ जना खेलाडीहरु गमगढी आएका छन् ।

शनिबारबाट प्रतियोगिता सुरु भएको छ । खेलको उद्घाटन प्रदेश सभासद दानसिह परियारले गरे । गाडीबाट खेलाडीहरुलाई मुगु पुग्न तीन दिन लागेको थियो ।

अपाङ्गता सम्बन्धी जनचेतना अभिवृद्धि र कर्णाली पर्यटन प्रर्वधनको लागि मुगुमा यो खेलको आयोजना गरिएको खेल संयोजक तथा प्रशिक्षक किशोर बहादुर शाहीले बताए । फरक क्षमता भएका ब्यक्तिले पनि मुगुमा पुगेर खेल खेल भन्ने सन्देश जाओस भन्ने हिसाबले यो खेल आयोजना गरिएको शाहीको भनाई छ ।

सबै प्रदेशमा अपाङ्ग मैत्री खेल स्टेडियम अपाङ्ग मैत्री खेल संचरना निर्माणको लागि राज्यलाई दबाव दिने खेलाडीहरुको भनाई छ ।

इतिहासमै पहिलो मुगुमा ह्वील चियर बास्केटल बल प्रतियोगिता भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णबहादुर सेजुवालले बताए ।

उक्त खेलकुदको निम्ति जिल्लाका छायाँनाथ रारा नगरपालिका सोरु, खत्याड र मुगुम कार्मारोङ्ग गाउँपालिका र डार्डो नेपालले पनि सहयोग गरेको छ । 


प्रतिक्रिया