खोटाङको दुर्छिममा श्रङ्खलाबद्ध आगजनी

मंसिर १७, २०७५ | खोटाङ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित मौलबहादुर राईको घरमा सोमबार विहान आगजनी भएको छ । बिहान दुई बजेतिर घरको धुरीबाट आगजनी सुरु भएको हो । प्रहरीका अनुसार आगजनीमा सात लाख बराबरको क्षति भएको छ ।

दुर्छिममा पछिल्लो २ सातामा चार घर आगजनी भइसकेको छ । गत मंसिर १० गते शिरहर्क राई र कैलाश राईको, मंसिर ८ गते दहशेर राईको र कार्तिक २८ गते सुरेश राईको घरमा आगजनी भएको थियो । गाउँमा लगातार आगजनीको घटना बढ्न थालेपछि स्थानीयबासी भने कसैले नियतबस आगो लगाएको आशंका गर्न थालेका छन् । स्थानीय र प्रहरीले गस्ती गरे पनि श्रृङ्खलाबद्ध आगजनी नरोकिएपछि सर्बसाधारण चिन्तित बनेको स्थानीय तामन राईले बताउनुभयो ।

अहिलेसम्म आगजनी भएका सबै घरमा एउटै प्रकृतीबाट आगलागी भएकाले यसको गम्भीर अनुसन्धान गर्न उनीहरुले माग समेत गरेका छन् । प्रहरी नायव उपरीक्षक राजकुमार केसीले भने जाडोको समयमा पनि आगजनीको संभावना रहने र त्यसका लागी सबै सचेत हुनु पर्ने बताउनुभयो ।  

 


प्रतिक्रिया