लुम्बिनी राष्ट्रिय महोत्सव सुरु

मंसिर २०, २०७५ | भैरहवा

लुम्बिनी क्षेत्रको पर्यटन र स्वदेशी उत्पादन प्रर्वधन गर्ने उद्देश्यले आजदेखि रुपन्देहीको भैरहवामा ‘लुम्बिनी राष्ट्रिय महोत्सव २०७५’ सुरु भएको छ । ‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मुल नारा सहित सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले महोत्सवको आयोजना गरेको हो ।

संघको आयोजनामा हुने यो सातौं महोत्सव आगामी पुस १ गतेसम्म सञ्चालन हुनेछ ।

संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले लुम्बिनीको प्रवेशद्वारको रुपमा सिद्धार्थनगर रहेकाले पर्यटन, राष्ट्रिय स्तरमै व्यवसायिक कृषिमा ख्याती कमाएको छपियाको माछापालनका कारण कृषि र राष्ट्रिय औद्योगिक उत्पादनमा महत्वपूर्ण स्थान भैरहवा क्षेत्रले राख्ने भएकाले पर्यटन, कृषि र उद्योगको प्रर्वधनलाई महोत्सवले विशेष प्राथमिकता दिएको बताउनुभयो ।  

महोत्सवमा करीब २५० वटा प्रर्दशनी कक्ष रहने आयोजकले जनाएको छ । यस महोत्सवले संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई थप टेवा पुग्ने आयोजकको विश्वास छ ।

महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुती, भैरहवा आइडल, बाल उद्यान, कुस्ती तथा भलिबल खेल एवं लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम लगायतका पुरातात्विक क्षेत्रको टूर प्याकेज लगायतका कार्यक्रम समावेश छन् ।


प्रतिक्रिया