ईङलिस प्रिमियर लिगमा न्युक्यासलविरुद्ध वोल्भर विजयी

रेडियो कान्तिपुर संवाददाता

मंसिर २४, २०७५

- वोल्भरहेम्प्टनले ईङलिस प्रिमियर लिगमा छैठौं जित हात पारेको छ । गएराती १० खेलाडीमा सिमित न्युक्यासल युनाईटेडलाई २–१ ले हराउँदै वोल्भर तालिकाको दशौँ स्थानमा उक्लिएको हो । खेलको १७ औ मिनेटमा डिएगो जोटाको गोलबाट अग्रता बनाएको वोल्भरले अतिरिक्त समयमा अर्को गोल गर्दै जित हात पारेको हो ।

माट धोर्तीले अन्तिम समयमा गोल गर्दै टोलीको उद्धार गरेका थिए । एयोज परेजले २३ औँ मिनेटमा एक गोल गर्दै अन्तर घटाएपनि थप गोल गर्न नसक्दा न्युक्यासल नवौँ हार भोग्न बाध्य भयो ।

५७ औँ मिनेटमा डिआन्द्रे एडलिन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसपछिको समय न्युक्यासल १० खेलाडीमा सिमित बनेको थियो । प्रिमियर लिगमा आज एक खेल हुनेछ । आज वाटफोर्ट र एभर्टन प्रतिस्पर्धामा उत्रनेछन् । 

 


प्रतिक्रिया