रामजानकी विवाह महोत्सवको अन्तिम दिन आज राम कलेवा

मंसिर २७, २०७५ | जनकपुर

– रामजानकी विवाह महोत्सवको आज अन्तिम दिन, राम कलेवा मनाईएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिर परिसरमा आयोजित भण्डारामा पकवान खुवाएर राम कलेवा मनाइएको हो । महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भोजको आयोजना गर्ने परम्परा छ ।

भोजन पश्चात आज साधुसन्तलाई दक्षिणा दिएर विधिवत विदा गर्ने परम्परा छ । गत शुक्रबार सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव आज  रामकलेवा मनाएर समापन भएको छ ।

 


प्रतिक्रिया