अमेरिकाको जर्सी सिटी र नेपालको इन्द्रावती गाउँपालिका अब सिस्टर सिटी

रेडियो कान्तिपुर संवाददाता

पुस ७, २०७५ | काठमाडौं

– अमेरिकाको न्यु जर्सी सिटी र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकालाई सिस्टर सिटी बनाउने सहमति भएको छ  । जर्सी सिटी शहर र इन्द्रावती गाउँपालिकाबीच सहयोग र सहकार्य गर्नका लागि काउन्सिल रिजोलुसन पारित गरिएको छ । सिस्टर सिटी बनाउने अवधारणा पारित भएपछि ईन्द्रावती गाउँपालिकाको संस्कृति तथा पर्यटनको प्रवद्र्धन हुने अपेक्षा गरिएको न्यू जर्सी सिटीकी मेयर स्टेभन फुलपकी सल्लाहकार डा. विष्णुमाया परियारले जानकारी दिनुभयो ।

अन्य मुलुकको शहरसंग सिस्टर सिटी बन्ने ईन्द्रावती पहिलो गाउँपालिका समेत भएको छ । डा परियारको पहलमा इन्द्रावती गाउँपालिकालाई आर्थिक र सामाजिक क्षेत्रमा सहयोग सम्बन्धी सम्झौता भएको हो । अमेरिकी ग्रिनकार्ड त्यागेर आएका बंशलाल तामाङ  अहिले ईन्द्रावती गाउँपालिकाका प्रमुख छन् ।

आफ्नै देशको विकासका लागि भन्दै तामाङ अमेरिकी ग्रिनकार्ड त्यागेर नेपालमा राजनीतिमा लागेका थिए । तामांग न्यूयोर्कस्थित सिन्धु युएस वेलफेयर सोसाईटीका संस्थापक अध्यक्ष समेत हुन् । 


प्रतिक्रिया