उत्तर कोरियाली नेता किम चीनमा

पुस २४, २०७५ | काठमाडौं

- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी सम्मेलनबारे छलफल गर्न उत्तर कोरियाली नेता किम जोङ उन चीन पुग्नुभएको छ । किमको तीन दिने भ्रमणका क्रममा अमेरिकासँग हुने वार्ताको मस्यौदा माथि छलफल हुने अनुमान गरिएको छ ।

गत जुनमा राष्ट्रपति ट्रम्पसँगको भेट अघि समेत नेता किमले बेइजिङमा राष्ट्रपति सि जिनपिङसँग छलफल गर्नुभएको थियो । अमेरिकाले समेत सम्मेलन अघि दक्षिण कोरियाली राष्ट्रपति मुन जेय ईनसँग भेटेर रणनिति तय गर्ने पक्का भएको बीबीसीले उल्लेख गरेको छ ।

श्रीमती रि सोल जु सँगै नेता किम अति सुरक्षीत मानिने बख्तरबन्द रेलमा बेईजिङ पुग्नुभएको हो । उत्तर कोरियाको मुख्य ब्यापारिक साझेदार चीन उसको प्रमुख कुटनितिक साझेदार समेत हो । अमेरिका र उत्तर कोरियाली नेताबीचको वार्ता छिट्टै हुने भनिएपनि समय र स्थान तय भइसकेको छैन । 

 


प्रतिक्रिया