नेपाल भारत तेक्वान्दो प्रतियोगिता सुरु

पुस २४, २०७५ | वीरगन्ज

– पर्सा तेक्वान्दो संघको आयोजनामा आजदेखि नेपाल भारत तेक्वान्दो प्रतियोगिता वीरगन्जमा सुरु भएको छ । प्रतियोगितामा भारतको दार्जिलिङ, कालिङपोङ, विहार, असाम र नेपालको सातवटै प्रदेश, सेना, सशस्त्र प्रहरीका खेलाडी सहभागी छन् । तीन दिनसम्म चल्ने प्रतियोगितामा एक सय ४० जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ५८ किलो तौल समूहको फाइनल खेलमा विहारका विपुल कुमारले प्रदेश ५ का गोविन्द वनलाई पराजित गरी गोल्ड जित्न सफल भएका थिए । अन्य तौल समूहका खेलहरु जारी रहेको तेक्वान्दो संघका सल्लाहकार निशान्त लामिछानेले जानकारी गराए । 

प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनलले प्रतियोगीताको उद््घाटन गर्दै खेलक्षेत्रमा लगानी गरे खेलाडीले देशको पहिचान विदेशमा पनि गराउन सक्ने उल्लेख गर्नुभयो । पुरानो सोच त्यागेर खेलकुदमा पनि लगानी गर्न आवश्यक रहेको उहाँले औंल्याउनुभयो । 

 


प्रतिक्रिया