आर्थिक मन्दीका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर

रेडियो कान्तिपुर संवाददाता

पुस २५, २०७५ | काठमाडौं

- सम्बृद्ध मुलुकमा आएको आर्थिक मन्दीका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर गर्ने विश्व बैंकले जनाएको छ । यसको असर केही वर्ष कायम रहने उसको भनाई छ । गत वर्षको आर्थिक गतिविधि समेटिएको प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले आगामी केही वर्ष बिश्वमा आर्थिक वृद्धिदरमा कमी आउने प्रक्षेपण गरेको हो । सन् २०१९ मा २ दशमलभ ९ र ०२० मा २ दशमलभ ८ प्रतिशत हुने उसको दाबी छ । 

युरोजोन र जापानको अर्थिक वृद्धिदर स्थिर वा ओरालो लाग्ने विश्व बैंकको अनुमान छ । चीनसँगको व्यापार युद्धका बाबजुद अमेरिकी अर्थतन्त्र भने अबको दुई वर्ष सुधारउन्मुख हुने बिश्व बैंकको भनाई छ । युरोजोन र जापानको अर्थतन्त्रसँग तुलना गर्दे बिश्व बैंकले जनतालाई लगाईएको करको दर घटाउँदा अमेरिकाको अर्थतन्त्रमा सोचेअनुसारको सुधार नहुने बताएको छ । विश्वका दुई ठुला अर्थतन्त्र अमेरिका र चीनबीच जारी ब्यापार युद्धका कारण समेत विश्व अर्थतन्त्रमा असर पुग्ने बीबीसीले उल्लेख गरेको छ ।

जारी संकटका कारण लगानीकर्ता उत्साहित हुन नसकेको विश्व बैंकको दाबी छ । विश्व अर्थतन्त्रमा २० प्रतिशत र विश्वको कुल ग्राहश्थ उत्पादनमा ४० प्रतिशत हिस्सा ओगटेका चीन र अमेरिकाको अर्थतन्त्र सही बाटोमा ल्याउन सकेपनि संकट टार्न सकिने विश्व बैंकले उल्लेख गरेको छ ।  

 


प्रतिक्रिया