मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने ट्रम्पको योजना अन्योलमा

रेडियो कान्तिपुर संवाददाता

पुस २५, २०७५

- मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने बिषयलाई निर्वाचनको एजेण्डा बनाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अन्योलमा परेको छ । पर्खाल निर्माणका लागि ५ अर्ब ७० करोड डलरको माग गर्दै संसदमा प्रस्तुत संघीय बजेट बिपक्षी दलको असहयोगका कारण अड्कीएपछि ट्रम्पको योजना एक वर्षसम्म पनि कार्यान्वयनका आउन नसकेको हो ।

निर्वाचित भएको झण्डै २ वर्षपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले मानवीय र सुरक्षा संकटको समाधानका लागि पर्खाल निर्माण आवश्यक रहेको दावी गर्नुभयो । बजेट पारितका लागि सहयोग गर्न बिपक्षी दललाई पुन: आग्रह गर्दै उहाँले १८ दिन देखि आंशिकरुपमा बन्द रहेको अमेरिकी सरकारको कामलाई नियमित बनाउन विपक्षी दलको भूमिका सकारात्मक हुनु पर्ने उल्लेख गर्नुभयो ।

सम्बोधनका क्रममा  संकटकाल घोषणा गर्ने अनुमान गरिएपनि सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले संसदलाई बाईपास गर्ने अवस्था नआएको बताउनुभएको छ । विपक्षि डेमोक्रेटिक पार्टीका कारण सरकारको काम ठप्प भएको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले मेक्सिको सिमाबाट मुलुकमा संकट थपिएको दावी गर्नुभयो । 


प्रतिक्रिया