विस्फोटमा परी विराटनगरमा एक बालकको मृत्यु

पुस २७, २०७५ | विराटनगर

मोरङको विराटनगरमा भएको विस्फोटमा परी एक बालकको मृत्यु भएको छ । एक बालिका घाइते भएकी छन् । विस्फोटमा परी सुभाष मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका ५ वर्षीया छोरी राधिका घाइते भएकी छन् । विस्फोटमा परी घाइते दुबै जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा अमित मण्डलको मृत्यु भएको एसपी मनोज कुमार केसीले बताउनुभयो । 

विराटनगर महानगरपालिका १५ स्थित आगो ताप्ने क्रममा विस्फोट भएको थियो । घाइते राधिकाको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया