रोयटर्सका दुई पत्रकारको अपिल म्यानमार अदालतद्वारा खारेज

रेडियो कान्तिपुर संवाददाता

पुस २७, २०७५ | एजेन्सी

– म्यानमार अदालतले रोयटर्सका दुई पत्रकारको अपिल खारेज गरेको छ । राज्यको गोपनियता भंग गरेको आरोपमा जेल जीवन बिताइरहेका वा लोन र क्यो साई ओले रिहाईका लागि गरेको अपिल खारेज गरेको बीबीसीले जनाएको छ । उनीहरुले सन् २०१७ मा सेनाले १० जना रोहिंग्या मुस्लिमलाई फांसीको सजाय दिएको समाचार प्रकाशन गरेका थिए । सोही विषयलाई लिएर न्यायाधीसले उपयुक्त सजाय रहेको उल्लेख गरेका थिए । प्रहरीले भने दुबैलाई अफिसियल कागजात सहित रंगेहात पक्राउ गरेको दावी गरेको छ ।

म्यानमारको उत्तरी क्षेत्रस्थित राखिने प्रान्तमा सेनाले गरेको कारबाहीका कारण हजारौं मुस्लिम रोहिंग्याले मुलुक छाडिरहेका बेला उनीहरु पक्राउ परेका थिए । यसैबीच रोयटर्सका प्रधान सम्पादक स्टेफेन जे एड्लरले अदालतको सो कदमलाई अर्को अन्यायको संज्ञा दिनु भएको छ  । उहाँले रिपोर्टिङ गर्नु भनेको अपराध नहरेको जीकिर गर्दै म्यानमारमा प्रेस स्वतन्त्रता नरहेको पनि बताउनु भएको बीबीसीले उल्लेख गरेको छ । 

 


प्रतिक्रिया